थाइल्यान्डमा ‘काजिकी’ तुफान : पाँच जनाको मृत्यु, सयौँ प्रभावित

हिमाल प्रेस १२ भदौ २०८२ २१:०२ | Thursday, August 28, 2025
थाइल्यान्डमा ‘काजिकी’ तुफान : पाँच जनाको मृत्यु, सयौँ प्रभावित तस्बिरः ईपीए।

ब्यांकक (रासस/एएफपी)- थाइल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो र बाढी ल्याउँदा हालसम्म पाँच जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। मौसम विभागले यस क्षेत्रभर अझै केही दिनसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ।

काजिकी तुफानले भियतनाम, लाओस, थाइल्यान्ड जस्ता देशहरूमा बाढी, पहिरो र ठूलो क्षति गर्न सक्छ। ‘काजिकी’ भन्ने शब्द जापानी भाषा हो, जसको अर्थ एउटा समुद्री माछा हो।

यो तुफानले सोमबार भियतनाममा प्रवेश गरेपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। त्यसपछि यो लाओस हुँदै थाइल्यान्डको उत्तरतर्फ सरेको थियो, जहाँ यसले ठूलो मात्रामा क्षति पुर्‍याएको हो।

थाइल्यान्डको प्रकोप व्यवस्थापन तथा न्यूनीकरण विभागका अनुसार १२ वटा उत्तरी प्रान्तहरूमा तुफानको असर परेको छ। नान, चिआङ राई र मे हङ सोन जस्ता क्षेत्रमा अचानक बाढीकम कारण धेरै गाउँहरू सम्पर्कविहीन बनेका छन्।

तुफानका कारण सात जना अझै बेपत्ता छन् भने ६ हजार ३०० भन्दा बढी नागरिक र एक हजार ८०० घरधुरी प्रभावित भएका छन्। बुधबार पर्यटकहरूका लागि लोकप्रिय क्षेत्र चिआङ माईमा आएको पहिरोले दुई जनाको ज्यान लिएको पुष्टि गरिएको छ।

थाई मौसम विभागले उत्तरी, उत्तरपूर्वी र मध्य क्षेत्रहरूमा अर्को हप्ता सम्म निरन्तर वर्षा हुने बताएको छ।

वर्षा जूनदेखि सेप्टेम्बरसम्म सामान्य भए पनि विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण चरम मौसमीय घटनाहरू थप खतरनाक र अप्रत्यासित बन्न थालेका छन्।

सन् २०११ मा आएको विनाशकारी बाढीले थाइल्यान्डभर ५०० भन्दा बढीको मृत्यु गराएको थियो। लाखौं घरहरूमा क्षति पुर्‍याएको थियो।

प्रकाशित: १२ भदौ २०८२ २१:०२ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast