त्रुटि छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

हिमाल प्रेस ३० साउन २०८२ १५:१६ | Friday, August 15, 2025
त्रुटि छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन सभामुख देवराज घिमिरे/फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन्।

सभामुख घिमिरेले शुक्रबार सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सच‍िवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन्।

संसदीय विशेष छानबिन समितिले प्रतिवेदनमार्फत निजामती विधेयकमा रहेको कुलिङ पिरियड (विश्राम अवधि) मा भएको छेडखानीलगायतका त्रुटि सच्याउन सिफारिस गरेको थियो।

संघीय निजामती सेवा विधेयक,२०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले साउन २० गते प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदनमा विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादात्म्यता नमिलेको देखिएको उल्लेख छ। सोही आधारमा संसद्को राज्य व्यवस्था समितिको सभापति पदबाट सांसद रामहरि खतिवडाले राजीनामा दिइसकेका छन्।

असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख ‘कुलिङ अफ पिरियड’ (विश्राम अवधि) मा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

 

प्रकाशित: ३० साउन २०८२ १५:१६ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast