तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जनाको मृत्यु

हिमाल प्रेस ६ भदौ २०८२ १८:३३ | Friday, August 22, 2025
तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जनाको मृत्यु

काठमाण्डौँ – गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु र २ हजार ८ सय ९९ जना घाइते भएको बताएका छन्।

शुक्रबार राष्ट्रियसभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले प्रहरीका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको जानकारी गराए।

‘द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिँदै आएको छ।’

साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णय बमोजिम हुने गरेको व्यहोरा समेत जानकारी दिए।

प्रकाशित: ६ भदौ २०८२ १८:३३ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast