तीज पर्व महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको छ : मुख्यमन्त्री आचार्य

हिमाल प्रेस १० भदौ २०८२ ८:१५ | Tuesday, August 26, 2025
तीज पर्व महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको छ : मुख्यमन्त्री आचार्य चेतनारायण आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन्।

उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको बताए।

‘तीज पर्व विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ’, तीज पर्वका अवसरमा आज यहाँ जारी शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो।’

महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तीजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउने योगदान पुर्‍याउँदै आएको छ। मुख्यमन्त्री आचार्यले तीजलाई केवल धार्मिकमात्र नभई सामाजिक दृष्टिले समेत महत्त्वपूर्ण चाडका रूपमा व्याख्या गरेको छ।

मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले तीज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गरेको छ।

प्रकाशित: १० भदौ २०८२ ८:१५ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast