ताप्लेजुङ गोल्डकप : सहलेश युवा क्लब फाइनलमा

हिमाल प्रेस २९ साउन २०८२ २०:०८ | Thursday, August 14, 2025
ताप्लेजुङ गोल्डकप : सहलेश युवा क्लब फाइनलमा

ताप्लेजुङ- सहलेश युवाक्लब सिरहा ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आज (बिहीबार) भएको सेमिफाइनलको अन्तिम खेलमा सहलेशले रेडस्टार फुटबल क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो। सिरहाका लागि दुवै गोल युसुफ मल्लिकले गरेका थिए। उनले खेलको १३औँ र ४८औँ मिनेटमा गोल गरेका थिए।

शनिबार फाइनल खेलमा सिरहाले चर्च ब्वाइज क्लब ललितपुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा ‘द योङ ब्रदर्श क्लब इटहरी, सुनसरी’लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी छन्। विजेताले ७ लाख २ हजार ८२ तथा उपविजेताले ३ लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सागर मादेनले जानकारी दिए।

प्रकाशित: २९ साउन २०८२ २०:०८ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast