ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

हिमाल प्रेस २८ साउन २०८२ १९:२३ | Wednesday, August 13, 2025
ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ (ताप्लेजुङ)- चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै  चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो। खेलको ७७औंँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए।

खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १—१ गोलको बराबरीमा पुगेको थियो। पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

बिहीबार समूह ‘बी’ मा रहेको सिरहाले र रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ। सो समूहका विजेताले फाइनलमा चर्च ब्वाइजसँग भिड्नेछ।

आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार साउन ३० गते फाइनलका दिन खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। विजेता टोलीले नगद ७ लाख २ हजार ८२ प्राप्त गर्नेछ, भने उपविजेताले ३ लाख ५० हजार ८२ पाउनेछ।

प्रकाशित: २८ साउन २०८२ १९:२३ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast