तरकारीहरूको मूल्य सार्वजनिक, गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ

हिमाल प्रेस १३ भदौ २०८२ ८:२६ | Friday, August 29, 2025
तरकारीहरूको मूल्य सार्वजनिक, गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीहरूको आजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडामा ठूलो भिन्नता देखिएको छ। नेपाली ठूलो गोलभेँडा प्रतिकिलो रु ८०, भारतीय रु ८५, सानो (लोकल) रु २५ र टनेलको रु ३० कायम गरिएको छ।

त्यस्तै, आलु रातो (नेपाली) रु ५३, आलु मुडे रु ४५, आलु सेतो रु ४० र भारतीय रातो आलु रु ३० तोकिएको छ। गाजर (लोकल) रु १२०, तराई गाजर रु १००, बन्दा रु ४५, काउली (लोकल) रु १०० र तराई काउली रु ९० निर्धारण गरिएको छ।

प्रकाशित: १३ भदौ २०८२ ८:२६ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast