तत्काल नेपालमा ठूलो वर्षाको छैन सम्भावना, महाशाखा भन्छ : पानी पार्ने प्रणाली कमजोर छ

हिमाल प्रेस ५ भदौ २०८२ ६:३२ | Thursday, August 21, 2025
तत्काल नेपालमा ठूलो वर्षाको छैन सम्भावना, महाशाखा भन्छ : पानी पार्ने प्रणाली कमजोर छ फाइल तस्बिर।

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पानी पार्ने प्रणाली कमजोर हुँदै गएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार पानी पर्ने प्रणाली पश्चिमतिर सरेको छ।

जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ५ भदौ २०८२ ६:३२ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast