डुम्रे दुर्घटना अपडेट : माइक्रो चालकको मृत्यु

हिमाल प्रेस २९ साउन २०८२ २१:४२ | Thursday, August 14, 2025
डुम्रे दुर्घटना अपडेट : माइक्रो चालकको मृत्यु

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेमा बस र ईभी माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ईभी चालक धादिङ जिल्ला घर भएका ३३ वर्षीय रमेश अवस्थी हुन्। दुर्घटनामा घाइते उनेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशीष विकले जानकारी दिए ।

सो दुर्घटनामा २१ जना घाइते भएका थिए। गम्भीर दुई जनामध्ये अवस्थीको मृत्यु भएको हो। बिहीबार दिउँसो ४ बजेर ५५ मिनेटमा तनहुँ सदरमुकाम दमौलीदेखि मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ख ६५०३ नम्बरको ईभी (माइक्रो) बन्दीपुर गाउँपालिका वडा ४, ठूलढुंगामा आपसमा ठोक्किएका थिए।

बसमा सवार १३ जनामध्ये ११ जना घाइते भएका हुन्। तीमध्ये ५ जनाको अवस्था मध्यम र ६ जना सामान्य छन् । त्यस्तै, ईभीमा सवारमध्ये ९ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको चितवन मेडिकल कलेज, ४ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको रत्नहरि अस्पताल, दमौलीमा उपचार भइरहेको छ। बाँकीको स्थानीय लक्ष्मी अस्पताल तनहुँमा उपचार भइरहेको छ।

डुम्रेमा बस र माइक्रोबस ठोक्किँदा २१ जना घाइते

प्रकाशित: २९ साउन २०८२ २१:४२ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast