ट्रकमाथि खस्यो ढुंगा, तीन जना घाइते

हिमाल प्रेस २९ साउन २०८२ १८:२७ | Thursday, August 14, 2025
ट्रकमाथि खस्यो ढुंगा, तीन जना घाइते

मुग्लिन (चितवन)– नारायणगढ-मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुंगा खस्दा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुंगा खस्दा ट्रक चालक भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उनका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन्।

चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य दुईको अवस्था सामान्य छ। तीनै जनाको भरतपुर अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ साउन २०८२ १८:२७ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast