टिंकर गाउँ जोड्ने काठेपुल बगे

हिमाल प्रेस २९ साउन २०८२ १०:४७ | Thursday, August 14, 2025
टिंकर गाउँ जोड्ने काठेपुल बगे

दार्चुला- टिंकर खोलाको बाढीले छांगरुदेखि टिंकरसम्मका तीन स्थानका पुल बगाएको छ। पुल बगेपछि टिंकर गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ। टिंकर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए।

टिंकरमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए। बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।

उनले भने, ‘टिंकर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिंकरबाट प्रहरी परिचालन भएका छन्।’ छांगरुदेखि टिंकरसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ।

प्रकाशित: २९ साउन २०८२ १०:४७ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast