झुम्का कारागारबाट भागेका कैदी आफन्तको घरमा लुकेको अवस्थामा भेटिए

विवेक विवश रेग्मी ३१ साउन २०८२ ८:०४ | Saturday, August 16, 2025
झुम्का कारागारबाट भागेका कैदी आफन्तको घरमा लुकेको अवस्थामा भेटिए

इटहरी- सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका खोटाङ दिप्रङ चुईचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय रूपक पौडेल (खत्री) झापाको बिर्तामोड नगरपालिका–१०, विराट पोखरस्थित आफन्तको घरबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले खत्रीलाई शनिवार बिहान ६ बजे नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार खत्री शुक्रवार रातिदेखि आफन्तको घरमा लुकिछिपी बसेका थिए। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ।

जबरजस्ती करणी  घटनामा संलग्न रहको ठहर गर्दै जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो।

कसरी भागेका थिए कैदी?

साउन २८ गते बिहान खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका थिए।

कारागारको मुढा बनाउने उद्योगको छानामाथि चढेर उनले करिब १० फिट लामो सिडी तयार पारेका थिए। सोही सिडीको सहायताले करिब २० फिट अग्लो पर्खाल नाघेर बिहान करिब २ बजे उनी कारागार बाहिर निस्केका थिए।

प्रकाशित: ३१ साउन २०८२ ८:०४ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast