झुम्का कारागारबाट भागे कैदी

हिमाल प्रेस २८ साउन २०८२ ११:५५ | Wednesday, August 13, 2025
झुम्का कारागारबाट भागे कैदी

इटहरी- सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ निवासी २८ वर्षीय रुपक पौडेल (खत्री) बुधबार (आज) बिहान कारागारको वाल चढेर भागेका हुन्।

कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्। उनले मुढा बनाउने उद्योग छेउका बाँसका सामानहरू प्रयोग गरी वाल नाघेको बताइएको छ। भागेका खत्रीलाई प्रहरी परिचालन गरेर खोजतलास भइरहेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, डीआइजी ईश्वर कार्कीले कैदीबन्दी भागेको पुष्टि गरे। ‘ठ्याक्कै कति बजे भागेको भन्नेबारे नखुलेपनि प्रहरीलाई राति नै जानकारी आएको हो,’ उनले हिमाल प्रेससँग भने, ‘भागेको सत्य हो। हामीले खोजिराखेका छौँ।’

उनले चारैतिर प्रहरी खटाएर खोजतलास भइरहेको बताए। रातिबाटै सक्रिय भएर खोजिराखेका छौँ, उनले भने। यो कारागार कोशी प्रदेशको क्षेत्रीय कारागार हो।

प्रकाशित: २८ साउन २०८२ ११:५५ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast