झापामा सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको खुलेन पहिचान, चालक नियन्त्रणमा

हिमाल प्रेस ११ भदौ २०८२ ६:३४ | Wednesday, August 27, 2025
झापामा सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको खुलेन पहिचान, चालक नियन्त्रणमा

काठमाडौँ- झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ। झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा गएराति मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोकिँदा दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार राति करिब ८ः४० बजे भएको दुर्घटनामा मारुती भ्यानका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुलेको छैन।

सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्।

उनीहरूको बीएन्डसी अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ। बोलेरो चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।

प्रकाशित: ११ भदौ २०८२ ६:३४ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast