जेलको भित्तामा रविले लेखे- यो युगमा अब कृष्णहरू जन्मने छैनन्

हिमाल प्रेस ३१ साउन २०८२ १७:०३ | Saturday, August 16, 2025
जेलको भित्तामा रविले लेखे- यो युगमा अब कृष्णहरू जन्मने छैनन् बुद्ध एयरको विमानमा रवि लामिछाने।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल सरुवा भएको छ। उनलाई शनिबार भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारामा सरुवा गरिएको हो।

उनलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइँदै छ। लामिछानेले पार्टीका नेता स्वर्णिम वाग्लेसँग संक्षप्ति कुराकानी गरेका छन्।

वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयरको उडानबाट काठमाडौँ लगिएको छ। संक्षिप्त बिदाइ भेटमा उहाँले भन्नुभयो- भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ– यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ।’

प्रकाशित: ३१ साउन २०८२ १७:०३ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast