‘जारी २’ को टिजरमा च्याब्रुङ बजाउन सिक्दै अभिनेता दयाहाङ

हिमाल प्रेस २६ साउन २०८२ १०:५० | Monday, August 11, 2025
‘जारी २’ को टिजरमा च्याब्रुङ बजाउन सिक्दै अभिनेता दयाहाङ

काठमाडौँ- फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट ३४ सेकेन्डको टिजर च्याब्रुङ नै नाच्न नजान्ने लिम्बूलाई ‘नांगाे’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु भएको छ।

जसमा फिल्मका मुख्य अभिनेता च्याब्रुङ बजाउन सिक्दै छन्। टिजरअनुसार फिल्मको कथा लिम्बू समुदायको बाजा च्याब्रुङलाई केन्द्र बनाउँदै पुरानै शैलीमा अगाडि बढेको अनुमान गर्न सकिन्छ।

फिल्ममा अधिकांश कलाकार ‘जारी’ कै छन्। केही पात्रहरु थपिएका छन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बालगायत कलाकारको अभिनय छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी असोज ३ मा प्रदर्शन हुनेछ। बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएकोफिल्मका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।

प्रकाशित: २६ साउन २०८२ १०:५० | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast