‘जनै हराएको मान्छे’ को प्रिमियरमा पारिवारिक सम्बन्ध र जिम्मेवारीको चर्चा

हिमाल प्रेस ५ भदौ २०८२ १३:३८ | Thursday, August 21, 2025
‘जनै हराएको मान्छे’ को प्रिमियरमा पारिवारिक सम्बन्ध र जिम्मेवारीको चर्चा

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को बुधबार उपत्यकामा प्रिमियर गरिएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांशले आफू भावुक बनेको प्रतिक्रिया दिएका छन्।

प्रिमियरमा अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठलगायत फिल्मकर्मी र पत्रकारहरूको उपस्थिति थियो।

फिल्म हेरेपछि कलाकारहरूले फिल्मकोकथासँग भावनात्मक रूपमा जोडिएको बताए। फिल्मले मन छोएको र आफ्नै परिवारको याद दिलाएको उनीहरुको भनाइ थियो। बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथाले रुवाएको उनीहरूले प्रतिक्रिया थियो।

फिल्ममा बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा प्रस्तुत गरिएको छ।

हिमाल न्यौपाने निर्देशित फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

प्रकाशित: ५ भदौ २०८२ १३:३८ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast