 
                             
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’का धारणाहरु पार्टीलाइन भन्दा फरक सुनिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै उनले जनार्दनका धारणाहरु पार्टीलाइन भन्दा फरक सुनिन थालेको बताएका हुन्।
पाण्डेले अन्तरिम कालदेखि नै सदन र सरकारमा रहेर बोल्दा पार्टी र नेतृत्वलाई स्थापित गर्न भन्दा पनि आफू फरक हुँ भन्ने अभिव्यक्ति जनार्दनले राख्ने गरेको बताए।
                            प्रकाशित: १९ साउन  २०८२ ७:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 