चुनावमा काम नलाग्ने कार्यकर्ता नेतृत्वको बोझ : महासचिव पोखरेल

हिमाल प्रेस २७ साउन २०८२ १७:४० | Tuesday, August 12, 2025
चुनावमा काम नलाग्ने कार्यकर्ता नेतृत्वको बोझ : महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको समयमा काम नलाग्ने कार्यकर्ता पार्टीका लागि बोझ हुने बताएका छन्। एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले यस्ता कार्यकर्ताबाट पार्टीलाई कुनै फाइदा नहुने बताए।

उनका अनुसार नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्वलाई जोगाउनु सबैको दायित्व हो। ‘चुनावमा सक्रिय नहुने नेता–कार्यकर्ताले पार्टीको काम गर्न सक्दैनन्,’ पोखरेलले भने, ‘हामीले बहुमतको सरकार बनाएपछि मात्र पार्टी नीति लागू गर्न सक्छौं, त्यसका लागि चुनावी समयमा सबैको सक्रियता अनिवार्य छ।’

उनले पार्टीभित्र अवसरवाद र सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्ने प्रवृत्ति रोक्न आग्रह गर्दै अन्तर्घात त्यागेर राष्ट्रिय शक्ति निर्माणमा एकजुट हुनुपर्ने बताए।

प्रकाशित: २७ साउन २०८२ १७:४० | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast