चितवनमा छायांकन हुँदै चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ 

हिमाल प्रेस १३ भदौ २०८२ १३:०७ | Friday, August 29, 2025
चितवनमा छायांकन हुँदै चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ 

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को चितवनमा छायांकन सुरु भएको छ। निर्माण टिमले तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरेर चितवनबाट छायांकन सुरु गरेका छन्।

निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन तालिका करिब एक महिना रहेको जानकारी दिए। उनकाअनुसार चितवन, काठमाडौँ र भारतको हैदरावादमा फिल्म खिचिनेछ।

फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन्।

फिल्मले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षले जनाएको छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्मातामा करण सिंह रहेका छन्।

प्रकाशित: १३ भदौ २०८२ १३:०७ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast