फाइल तस्बिर
चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै आज बिहान ९:३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको हो।
आज बिहान ४:२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो।
त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ।
प्रकाशित: १ भदौ २०८२ १२:४५ | Sunday, August 17, 2025
प्रतिक्रिया




