चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

हिमाल प्रेस १ भदौ २०८२ ९:०२ | Sunday, August 17, 2025
चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

इटहरी- सुनसरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिबार बिहानको राति ३ः३० बजेतिर रामधुनी नगरपालिका–८ डुम्राहास्थित भित्री पक्की सडकखण्डमा इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको को ३८ प १६३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार रामधुनी–८ का २१ वर्षीय आनन्द सिंह खवासको उपचारका क्रममा मृत्यु भएको हो। खवासको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

मोटरसाइकल चालक २२ वर्षीय मुकेश साह, २० वर्षीय दीपनारायण चौधरी र २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन्। उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना सवार भएकाले ट्राफिक नियम उल्लंघन भएको र अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १ भदौ २०८२ ९:०२ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast