चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्छौँ : प्रचण्ड

हिमाल प्रेस १४ भदौ २०८२ २०:०० | Saturday, August 30, 2025
चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्छौँ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन्।

शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछिसबै प्रतिपक्षीहरु एक भएर सडक र सदन केन्द्रीत आन्दोलन चर्काउने बताएका हुन्।

कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानून निर्माणमा समेत छेडखानी गरेकाले अब शसक्त आन्दोलन गर्ने उनले बताए। प्रचण्डले राज्यलाई रुपान्तरणका साथै भ्रष्टाचारविरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे।

दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए। उनले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको विकल्प नरहेको उल्लेख गरे।

प्रचण्डले पार्टीभित्रै दलितलाई दमन गर्ने दुईवटा प्रवृत्ति र दुईवटा विचार रहेको बताए।

प्रकाशित: १४ भदौ २०८२ २०:०० | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast