‘चराचुरुंगी मानिसका सहयोग हुन्’

हिमाल प्रेस २८ साउन २०८२ २१:४१ | Wednesday, August 13, 2025
‘चराचुरुंगी मानिसका सहयोग हुन्’

देउखुरी (दाङ)- पक्षी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन्।

नेपाल पक्षी संरक्षण स‌ंघ नेपालले चरा संरक्षणका लागि बुधबार आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए।

उनले भने, ुप्रदेश सरकारले चरा संरक्षणका लागि केही बजेट छुट्याएको छ, चराचुरुङ्गी मानिसका सहयोग हुन्, उनीहरूको संरक्षण गर्नु मानवको दायित्व हो । उनीहरूले हानिकारक किराफट्याङ्ग्रालाई खाने भएकाले बालीनालीमा रोगकीराको प्रकोप कम हुने गर्छ।ु

चरा विज्ञ आनन्द चौधरीले बसाइँ सर्ने क्रममा चराले लामो यात्राको प्रयास गर्ने र त्यसक्रममा उनीहरूलाई आराम गर्नका आवश्यक स्थान जोगाउनुपर्ने बताए। जलवायु परिवर्तनका हिसाबले पनि चरालाई समस्या हुने गरेको उनको भनाइ छ।

चौधरीका अनुसार चरा स‌ंकटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, मानव निर्मित भौतिक पूर्वाधार हो। अर्बौं चराले जाडो छल्नदेखि प्रजनन गर्ने क्षेत्रमा बसाइँसराइ गर्दा हिमाल, मरुभूमि, समुद्र उस्तैउस्तै मार्ग प्रयोग गरेर पार गर्ने उनले जानकारी दिए।

चराका विषयमा धेरै वर्षदेखि आफू अनुसन्धानमा सक्रिय रहेको उल्लेख गर्दै उनले सो सम्बन्धमा स्थानीय तहलाई सहयोग गर्न तयार रहेको बताए।

प्रकाशित: २८ साउन २०८२ २१:४१ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast