चन्द्रनहरमा स्थानीयले देखे शव, प्रहरी बोलाएर हेर्दा रहेछन् ५० वर्षीय पुरुष

हिमाल प्रेस १ भदौ २०८२ ६:४४ | Sunday, August 17, 2025
चन्द्रनहरमा स्थानीयले देखे शव, प्रहरी बोलाएर हेर्दा रहेछन् ५० वर्षीय पुरुष

काठमाडौँ- सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ।कञ्चनरुप–७ बलुवा चोक निवासी ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको छ।

मृत्युको वास्तविक कारण पत्ता लाग्न सकेको छैन भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। रासस

प्रकाशित: १ भदौ २०८२ ६:४४ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast