चन्द्रकुबेर खापुङ ३२औँ प्रहरी महानिरीक्षक नियुक्त

हिमाल प्रेस १३ भदौ २०८२ १२:४४ | Friday, August 29, 2025
चन्द्रकुबेर खापुङ ३२औँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौँ- नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) को रूपमा नियुक्त गरेको हो।

उनी हाल अतिरिक्त महानिरीक्षक (एआईजी) का रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रमुख थिए। हालका आईजीपी दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाश हुँदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि नै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी प्रमुखको टुंगो लगाएको हो।

प्रकाशित: १३ भदौ २०८२ १२:४४ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast