गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस १२ भदौ २०८२ १९:०७ | Thursday, August 28, 2025
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु फाइल तस्बिर।

नवलपुर (नवलपरासी)- गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज (मंगलबार) गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका-२८, अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। रासस

प्रकाशित: १२ भदौ २०८२ १९:०७ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast