गाउँपालिका अध्यक्षले आफैँ संरक्षक बनेर दिलाए नागरिकता

हिमाल प्रेस २७ साउन २०८२ ९:०६ | Tuesday, August 12, 2025
गाउँपालिका अध्यक्षले आफैँ संरक्षक बनेर दिलाए नागरिकता

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए।

उनले भने, ‘७० वर्ष पहिला आँबुखैरेनी आएकी उहाँको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । सबैले दुर्गा ठकुरी भनेर चिन्नुहुन्थ्यो, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौँ।’

वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए। “उहाँ कोसँग यहाँ आउनुभयो, उहाँको परिवार को हो भन्ने कसैलाई थाहा छैन । खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा मात्र ४० वर्ष बस्नुभयो।”

बाबुआमाको पहिचान नखुलेकी महिलालाई आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: २७ साउन २०८२ ९:०६ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast