गणेश शर्मा नेतृत्वमा पर्वत समाजको रक्तदान र भेटघाट कार्यक्रम, पर्वतबासीलाई जोड्ने माला बनेको दाबी

हिमाल प्रेस १ भदौ २०८२ ६:५४ | Sunday, August 17, 2025
गणेश शर्मा नेतृत्वमा पर्वत समाजको रक्तदान र भेटघाट कार्यक्रम, पर्वतबासीलाई जोड्ने माला बनेको दाबी

काठमाडौँ- देश तथा विदेशमा रहेका पर्वतवासी जोड्ने पर्वत समाजले आज काठमाडौँँमा वृहतरूपमा रक्तदान र भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

समाजका अध्यक्ष एवं समाजसेवी गणेश शर्माको अध्यक्षातामा भएको कार्यक्रमले पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने कामको कोशेढुंगा बनेको बताइएको छ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवामा भएको रक्तदान तथा कार्यक्रमा पर्वतबासी र काठमाडौंमा रहेका पर्वतबासी र रक्तदातालक‍ो उपस्थिति रहेको थियो।

रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सबैलाई संस्थाको तर्फबाट अध्यक्ष गणेश शर्माले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा पर्वतबासी बीच परिचय र संस्थाको आजीवन तथा साधरण सदस्यता समेत प्रदान गरिएको थियो।

सो क्रममा पर्वतबासीलाई एउटै मालामा जोड्ने पवित्र अभियानको सफलताका लागि सहभागीहरुले शुभकामना व्यक्त गरे। पर्वतबासीबीच निकट परिचय, चिन्तन, सहयोग आदानप्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्था भएकाले पर्वतबासीको स्वतस्फूर्त उपस्थिति थियो।

समाजका महासचिव टिकाराम कार्कीले संस्थाले संस्थाले सदस्यता बिस्तारलाई पनि तिब्रताका साथ अगाडि बढाउँदै जाने र आगामी दिनमा समाजसेवा तथा पर्वतबासी बीच नियमित कार्यक्रम गर्ने जानकारी दिए।

उनले यस संस्थाको सदस्य बनेर पर्वतबासी एकै ठाउँमा हुने अभियानमा जोडिन आह्वान समेत गरे।

प्रकाशित: १ भदौ २०८२ ६:५४ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast