गणेशस्थान मन्दिरमा ‘स्त्री’ को शुभ मुहूर्त

हिमाल प्रेस १३ भदौ २०८२ ११:४२ | Friday, August 29, 2025
गणेशस्थान मन्दिरमा ‘स्त्री’ को शुभ मुहूर्त

काठमाडौँ‍- फिल्म ‘स्त्री’ को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले ऋषि पञ्चमीको दिनकमलादीस्थित गणेशस्थान मन्दिरमा क्यामेरा पूजासहित फिल्मको शुभ साइत गरेका हुन्।

जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्म यहि भदौ १४ देखि छायांकन सुरु गरिने निर्देशक शाहीले बताए। उनका अनुसार फिल्म काठमाडौँमै फिल्म ३५ दिनमा छायांकन गर्ने तालिका  छ।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा बन्ने फिल्मका निर्माता समीर राई र डाक्टर सुकदेव बिस्ट हुन्।

सामाजिक कथामा बन्ने फिल्ममा प्रमोद अग्रहरि, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ। बाल कलाकारमा दिप्सन चिलवाल र दिपेन्द्र चिलावलको अभिनय रहनेछन्।

प्रकाशित: १३ भदौ २०८२ ११:४२ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast