खोलाले बगाएर एक बालिकाको मृत्यु, युवा बेपत्ता

हिमाल प्रेस १३ भदौ २०८२ ६:०८ | Friday, August 29, 2025
खोलाले बगाएर एक बालिकाको मृत्यु, युवा बेपत्ता प्रतीकात्मक तस्बिर।

काभ्रेपलाञ्चोक- पनौती नगरपालिका-१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन्।

इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो।

मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन्। भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो।

दर्जीलाई नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा नदीले बगाएको जनाइएको छ। प्रहरीका अनुसार भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ।

प्रकाशित: १३ भदौ २०८२ ६:०८ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast