‘कोशेढुङ्गा’ को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा

हिमाल प्रेस ३ भदौ २०८२ १७:१५ | Tuesday, August 19, 2025
‘कोशेढुङ्गा’ को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा

काठमाडौँ- फिल्म ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ३४ सकेन्डको ट्रेलरमा पारिवारिक सम्बन्धको कथामा प्रस्तुत गरिएको छ।

ट्रेलरको केन्द्रमा अभिनेत्री सुरक्षा पन्त छिन्। फिल्ममा उनको स्वभाव चुलबुले किसिमको छ। आफूले मन पराएको युवकसँग विवाह गरेपछि उनको जीवनमा आएका उतारचढाव र निराशाजनक परिस्थिति ट्रेलरमा प्रस्तुत गरिएको छ।

फिल्म सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा बनेको छ। फिल्म यही भदौ १२ मा प्रदर्शन हुनेछ।

फिल्ममा सुरक्षासहित आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम, स्नेहा जोशी, सविता रेग्मी लगायत कलाकारको अभिनय छ।

नरदेवी फिल्मस् र सारंगी फिल्मसको सहकार्यमा बनेको फिल्मका निर्माता प्रेवील कँडेल र किशोर अनुराग हुन्।बाबु श्रेष्ठले छायांकन गरेको फिल्म नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीतमा बनेको छ।

यस्ताे छ ट्रेलर

प्रकाशित: ३ भदौ २०८२ १७:१५ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast