कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक, २८ ढोका खोलियो

हिमाल प्रेस २५ साउन २०८२ ६:२९ | Sunday, August 10, 2025
कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक, २८ ढोका खोलियो सप्तकोशी। तस्बिर : विवेक विवश रेग्मी/फाइल तस्बिर

काठमाडौँ- सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ।

बहाब बढेपछि ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन्। कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो। रासस

प्रकाशित: २५ साउन २०८२ ६:२९ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast