कोशीको सञ्चार विधेयकविरुद्ध सडकमा उत्रिए पत्रकार, जरिबाना हटाउन माग

हिमाल प्रेस ६ भदौ २०८२ १८:११ | Friday, August 22, 2025
कोशीको सञ्चार विधेयकविरुद्ध सडकमा उत्रिए पत्रकार, जरिबाना हटाउन माग

इटहरी- कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार विधेयकविरुद्ध शुक्रबार पत्रकारहरू सडकमा उत्रिएका छन्।

पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा गरिएको विरोध प्रदर्शनमा सञ्चारकर्मीले समाचार लेखेकै आधारमा जरिबाना गर्ने प्रावधान तत्काल हटाउनुपर्ने माग राखेका छन्।

प्रदेश सरकारले ल्याएको विधेयकअनुसार समाचार प्रकाशित वा प्रसारण गरेबापत सञ्चार माध्यम तथा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था छ। सो प्रावधानलाई प्रेस स्वतन्त्रतामाथि प्रहार भन्दै पत्रकारहरूले तीव्र आपत्ति जनाएका हुन्।

महासंघ प्रदेश अध्यक्ष भरत खड्काले विधेयकलाई प्रेसविरोधी भन्दै सच्याउन प्रदेश सरकारसँग माग गरे। ‘सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास हामीलाई स्वीकार्य छैन,’ उनले भने। पत्रकारले गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्दै अवरोध गरेको थियो।

उक्त विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबारै प्रदेशसभामा पेस गरिएको छ।

प्रकाशित: ६ भदौ २०८२ १८:११ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast