गृह मन्त्रालय
काठमाडौँ- कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालय तानिएको छ।
गृह मन्त्रालयले बुधबार हमाललाई मन्त्रालयमा बोलाएर उनको स्थानमा दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई खटाएको हो।
लम्साललाई दाङबाट कैलाली पठाइए पनि दाङमा हालसम्म नयाँ सिडिओको नियुक्ति गरिएको छैन।
साउन २३ गते राति कैलाली कारागारका दुई ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो। उक्त घटनामा ४७ जना घाइते भएका थिए।
प्रकाशित: २९ साउन २०८२ ११:१४ | Thursday, August 14, 2025
प्रतिक्रिया




