काठमाडौँ-हेटौँडा सडक अवरुद्ध

हिमाल प्रेस ३१ साउन २०८२ १५:३० | Saturday, August 16, 2025
काठमाडौँ-हेटौँडा सडक अवरुद्ध सांकेतिक तस्बिर

काठमाडौँ- सुक्खा पहिरो खस्दा हेटौँडा-काठमाडौँ सडक अवरुद्ध भएको छ।

हेटौँडा-फाखेल-दक्षिणकाली काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा शनिबार ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उधृत गर्दै राससले जनाएको छ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुंगा र रुख खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको अर्यालले बताएका छन्।

प्रकाशित: ३१ साउन २०८२ १५:३० | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast