काठमाडौँमा मनाइयो भारतीय स्वतन्त्रता दिवस

हिमाल प्रेस ३० साउन २०८२ १६:३३ | Friday, August 15, 2025
काठमाडौँमा मनाइयो भारतीय स्वतन्त्रता दिवस भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा आयोजित समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तव। तस्बिर : रासस

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि समारोह शुभारम्भ गरिएको थियो। कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो।

राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे। यसैगरी उनले ६ करोड ४० लाख रुपैयाँको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेक हस्तान्तरण गरेका थिए।

दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ।

कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारले उत्साहजनक सहभागिता थियो। यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रकाशित: ३० साउन २०८२ १६:३३ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast