काठमाडौँको टेकुमा बेपत्ता बालकको खोजीमा खटिएका सशस्त्र प्रहरी बल। तस्बिर स्रोत : सशस्त्र प्रहरी बल
काठमाडौँ- काठमाडौँ महानगरपालिका–१२ टेकु दोभानस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ।
सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा शनिाबर दिउँसो साढे २ बजे डुबेर बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजीकार्यमा परिचालित भएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: ८ भदौ २०८२ १७:१७ | Sunday, August 24, 2025
प्रतिक्रिया




