कांग्रेस र एमालेलाई बीपी र मदन भण्डारी सम्झन रास्वपाको आग्रह

हिमाल प्रेस ४ भदौ २०८२ १३:२१ | Wednesday, August 20, 2025
कांग्रेस र एमालेलाई बीपी र मदन भण्डारी सम्झन रास्वपाको आग्रह फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बीपी कोइराला र मदन भण्डारीलाई सम्झन नेपाली कांग्रेस र एमालेलाई आग्रह गरेका छन्। उनले प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेर दुवै दलले मंगलबार बालुवाटार र सिंहदरबारमा प्रहसन गरेको परियारले बताए।

उनले भने, ‘यस्ता गतिविधिले लोकतन्त्रलाई चोट पुर्‍याएको छ। यस्तो अवस्थामा लोकतन्त्र बचाउन हार्न तयार हुने बीपीलाई फर्केर हेर्न तयार हुनुस् नेपाली कांग्रेसका साथीहरू। मदन भण्डारी सामन्तवाद मात्रै होइन, पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीलाई उँभो लाग्न दिँदैन भन्ने सम्झन एमालेका नेताहरूलाई आग्रह गर्दछु।’

उनले खाली कागजमा सांसदहरूको विवेकमाथि बन्दी बनाउन खोजिएको आरोप उनको छ।

प्रकाशित: ४ भदौ २०८२ १३:२१ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast