कांग्रेसले उम्मेदवार नटुंग्याइ सभामुखले तोकिदिए प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन

हिमाल प्रेस ९ भदौ २०८२ १२:३९ | Monday, August 25, 2025
कांग्रेसले उम्मेदवार नटुंग्याइ सभामुखले तोकिदिए प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन

काठमाडौँ- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गतेलाई तोकिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै भदौ ११ का मितिमा निर्वाचन तोकेको छ। राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएपछि हाल रिक्त छ।

सत्तारुढ गठबन्धनको तर्फबाट रिक्त पदमा कांग्रेसले नै उम्मेदवार उठाउनुपर्ने छ। तर हालसम्म कांग्रेसले उम्मेदवार तोक्ने सकेको छैन। तर पनि सभामुख देवराज घिमिरेले लामो समय रिक्त रहेको भन्दै सूचना प्रकाशित गरेका छन्।

निजामति विधेयकको कुलिङ पेरियड प्रकरणमा जोडिएका कारण खतिवडाले राजीनामा दिएका थिए। अब कांग्रेसले खतिवडाको ठाउँमा कसलाई उम्मेदवार बनाउने भन्ने छलफलमा छ। यता प्रतिपक्षी दलहरूबाट पनि साझा उम्मेदवारी दिने तयारी छ। हालसम्म दुवैतिरका उम्मेदवारको नाम टुंगो नलागेको बताइएको छ।

प्रकाशित: ९ भदौ २०८२ १२:३९ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast