 प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरे।
                             प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरे। 
                                            काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा रास्वपा र राप्रपा सांसदहरुको विरोध कायमै रहे प्रतिवादमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभा बैठकको सोमबार आकस्मिक समयमा घिमिरेले भिजिट भिसाका विषयमा दुई दलका सांसदहरुले ७० दिनदेखि सदनमा विरोध गरिरहँदा गालीगलौज भएको भन्दै यस्तै प्रवृति निरन्तर अघि बढे प्रतिवादमा उत्रने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।
सदनमा आएर भ्रमपूर्ण अभिव्यकि्त दिने अनि सदन बहिष्कार गर्ने काम उचित नभएको उनको भनाइ छ। घिमिरेले गोयबल्स शैलीमा झुटो कुरा गरेर आमजनतामा भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास बन्द गर्न माग गरे। उनले भने, ‘रास्वपा र राप्रपा सांसदहरुले गरिरहेको विरोधप्रति कांग्रेसको गम्भीर आपत्ति छ।’
                            प्रकाशित: १९ साउन  २०८२ १४:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 