काँकडभिट्टाबाट साउनमै भित्रियो एक अर्ब ५० करोड १३ लाख ६५ हजारको पेट्रोलियम पदार्थ

हिमाल प्रेस ११ भदौ २०८२ ८:२० | Wednesday, August 27, 2025
काँकडभिट्टाबाट साउनमै भित्रियो एक अर्ब ५० करोड १३ लाख ६५ हजारको पेट्रोलियम पदार्थ

झापा- चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख रुपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ।

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजार रुपैयाँले बढेको उनले बताए।

पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा ७७ करोड तीन लाख रुपैयाँको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाख रुपैयाँको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

२० करोड तीन लाख रुपैयाँको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ।

प्रकाशित: ११ भदौ २०८२ ८:२० | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast