कवाड व्यवसायी आन्दोलित

हिमाल प्रेस ९ भदौ २०८२ १६:२५ | Monday, August 25, 2025
कवाड व्यवसायी आन्दोलित

काठमाडौँ- विभिन्न ५ बुँदे माग राख्दै कवाड व्यवसायीहरु आन्दोलित भएका छन्।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरु आन्दोलित भएका हुन्।

उनीहरुले सोमबार काठमाडौँको कमलादीस्थित काठमाडौँ महानगरको कार्यालयबाहिर नाराबाजीसहित धर्ना दिएका थिए।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पु¥याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरुको माग छ।

प्रकाशित: ९ भदौ २०८२ १६:२५ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast