कर्ण थापाको दाबी : विद्या भण्डारीको सदस्यताबारे पार्टीले गरेको निर्णय उल्टिन्छ

हिमाल प्रेस ७ भदौ २०८२ १७:२० | Saturday, August 23, 2025
कर्ण थापाको दाबी : विद्या भण्डारीको सदस्यताबारे पार्टीले गरेको निर्णय उल्टिन्छ

काठमाडौँ- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने कुरा नभएको बताए। आफैँले निर्माण गरेको पार्टी भएकोले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको भनाइ छ।

उनले विद्या भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भनेको छ भन्नेबारे आफूले केही पनि टिप्पणी नगर्ने स्पष्ट पारे। विद्या भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय उल्टिने उनको दाबी छ।

जनताको अधिकार, समानता, स्वतन्त्रता र न्यायका निम्ति स्थापना भएको एमालेभित्र राजनीति गर्न पाईँदैन भन्ने कुरा अशोभनीय भएको थापाको भनाइ छ।

थापाले अहिलेको अवस्थामा कसैलाई अपमान गर्ने, तिरस्कार गर्ने, तेजोवोध गर्ने र लाञ्छना लगाउने प्रकारका काम एमालेको पँक्तिले गर्न नहुने पनि बताए।

प्रकाशित: ७ भदौ २०८२ १७:२० | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast