एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

हिमाल प्रेस १० भदौ २०८२ १३:३७ | Tuesday, August 26, 2025
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित एमाले केन्द्रीय कमिटी बैठक। तस्बिर : ओली सचिवालय

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ। विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो। तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा छपाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।

प्रकाशित: १० भदौ २०८२ १३:३७ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast