एनपीएल दोस्रो संस्करण मंसिरमा

हिमाल प्रेस ५ भदौ २०८२ १८:५७ | Thursday, August 21, 2025
एनपीएल दोस्रो संस्करण मंसिरमा

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ।

प्रतियोगिता आगामी मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो। प्रतियोगिताका लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ।

गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपीएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ।

एनपीएलमा हाल आठ वटा टोली छन्। जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन्।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो।

एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ। हाल प्याराफिट निर्माण भइरहेको छ।

प्रकाशित: ५ भदौ २०८२ १८:५७ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast