‘एक्लो’ को गीतमा कविता नेपालीको कोरियोग्राफी

हिमाल प्रेस ६ भदौ २०८२ १२:१९ | Friday, August 22, 2025
‘एक्लो’ को गीतमा कविता नेपालीको कोरियोग्राफी

काठमाडौँ- फिल्म ‘एक्लो’ को एक गीतमा मोडल कविता नेपालीले कोरियोग्राफ गरेकी छन्। काठमाडौँमा भब्य सेट लगाएर छायांकन गरिएको गीतमा कविताले कोरियोग्राफी रहेको निर्देशक प्रदीप शाहीले बताए। कविताले फिल्ममा अभिनय पनि गरेकी छिन्।

स्वप्निल शर्माको स्वर रहेको गीतमा रोहित शाक्यले संगीत भरेका छन्। निर्देशक शाहीका अनुसार गीत दसैँको अवसरमा सार्वजनिक गरिनेछ। फिल्मको सबै छायांकन सकिसकेको छ।

‘एक्लो’ वैज्ञानिक कथामा आधारित रहेको टिमले बताएको छ। फिल्ममा प्रदीप खड्का, विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, लगायतका कलाकारको अभिनय छ।

प्रकाशित: ६ भदौ २०८२ १२:१९ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast