काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको ४ वर्ष पुगेको छ। तत्कालीन नेकपा एमालेबाट विभाजित भएर आजकै दिन अर्थात २०७८ भदौ ९ गते समाजवादी निर्वाचन आयोगमा दर्ता भएको थियो। ०७८ भदौ २ मा स्थापना भए पनि आयोगमा दर्ताका आधारमा आज समाजवादीले वार्षिकोत्सव मनाउँदैछ।
आजका दिन पार्टीले विचार गोष्ठी कार्यक्रम तय गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाका अनुसार आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद नामक गोष्ठी गरिदैछ। आजका दिनमा अन्य विभिन्न कार्यक्रम समेत रहको उनको भनाइ छ।
प्रकाशित: ९ भदौ २०८२ ९:५२ | Monday, August 25, 2025
प्रतिक्रिया



