एकीकृत समाजवादी निकट युवा संघमा बन्यो समानान्तर, झलनाथका छोरा उपाध्यक्ष

हिमाल प्रेस २ भदौ २०८२ ७:२९ | Monday, August 18, 2025
एकीकृत समाजवादी निकट युवा संघमा बन्यो समानान्तर, झलनाथका छोरा उपाध्यक्ष

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा असन्तुष्ट पक्षले नयाँ कमिटी विस्तार गरेको छ। माधव नेपाल पक्षले आफूहरूलाई बाइपास गरेको भन्दै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षधर युवाले नयाँ कमिटी गठन गरेका हुन्। घोषित समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले गरेका छन्।

राई संयोजकत्वको उक्त कमिटीमा झलनाथका छोरा निर्भिक खनाल चित्रकारसहित काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्री  छन्। उपाध्यक्षमा खनालका छोरा निर्भिक चित्रकार खनाल समेत छन्।

युवा संघको यो कमिटीको पक्षमा पार्टी पोलिटव्युरो सदस्य तथा संघका पूर्वअध्यक्ष नरेश शाही, पार्टी केन्द्रीय सदस्य सुशील भट्टराई, बाँके जिल्लाका पार्टी अध्यक्ष दीपक जिएमले समर्थन गरेका छन् ।

प्रकाशित: २ भदौ २०८२ ७:२९ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast