उपसभामुख हटाउन एकीकृत समाजवादी लाग्दैन : दामोदर अर्याल

हिमाल प्रेस ३ भदौ २०८२ ११:५० | Tuesday, August 19, 2025
उपसभामुख हटाउन एकीकृत समाजवादी लाग्दैन : दामोदर अर्याल एकीकृत समाजवादीका नेता दामोदर अर्याल।

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तयारी थालेका छन्। सत्तारुढ दलहरू रानामाथि महाअभियोग लगाउन आन्तरिक तयारीमा छन्।

एमालेले संसदीय दलको बैठक बोलाएर छलफल गरिरहेको छ भने कांग्रेसले पदाधिकारी बैठकपछि सांसदलाई सिंहदरबार बोलाएको छ। सत्तारुढ दलहरूले प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीलाई पनि महाअभियोगमा सहयोग गर्न अनुरोध गरेका थिए। समाजवादीले भने महाअभियोगमा सहयोग नगर्ने बताएको छ।

‘हामी उपसभामुख हटाउन लाग्दैनौँ।’ समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल भन्छन्,‘यो पाकिस्तानी मोडलको राजनीति हामीलाई चाहिदैन।’ उनले सत्तारुढ दलले कहिले पतन्जलि त कहिले गौर हत्याकाण्ड भन्दै प्रतिशोधको राजनीति गरेको आरोप लगाए।

प्रकाशित: ३ भदौ २०८२ ११:५० | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast